एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
763
Shares
काठमाडौँ। एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ। सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ।
एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ। विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्य योजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ।