दुई सय ३७ यात्रु र चालक दलका ५१ सदस्य सवार क्रुज जहाजमा आगो लाग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
265
Shares
काठमाडौं । भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।
जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन्’ प्रहरीले जनाएको छ ।
क्षतिबारे विवरण सार्वजनिक भएको छैन । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको समाचार एजेन्सी एएफपीले लेखेको छ ।