arrow

एमसीसी संसदबाट पारित हुन्छ : नेता निधी

logo
रासस,
प्रकाशित २०७८ फागुन ४ बुधबार
bimelendra_nidi.jpg
फाइल तस्बिर

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता निधीले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ।’

एमसीसी पारित नभए देशको विश्वसनीयता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसीसी बिजुलीको प्रसारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दे उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए ।

लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्दै नेता निधीले एमसीसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरे । 

पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग उनले आग्रहसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ