arrow

संसद्‌मा एमालेको अवरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
parliament-disrupt-uml.jpg

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै राखेको छ ।  आजको बैठक शुरु हुनासाथ एमालेले वेल घेराउ गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही शुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका थिए । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेका लगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । 

सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गरे । 

सभामुखको पटक पटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतलेसमेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराएका थिए । 

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वोच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गरे ।  तर पनि एमालेले अवरोध कायमै राखेपछि  बैठक आउँदो शुक्रवार ६ गतेसम्मका लागि स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ