बारले भन्यो- प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
774
Shares
काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पुर्याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक पहल गर्न आवश्यकता भएको उल्लेख छ ।
बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महाभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।”
बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै १०७ दिनसम्मदेखि आन्दोलन गर्दै आएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध आजै संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।