arrow

ठूलो परिमाणमा नाईट्राभेट ट्याब्लेट बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
nitravet-tablet.jpg

सर्लाही ।  सशस्त्र प्रहरी बलको गस्ती टोलीले ठुलो परिमाणमा लागूपदार्थको रूपमा प्रयोग हुने नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले शुक्रवार मध्यान्ह १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए । 

बरहथबा नगरपालिका–१७, श्रीपुर कटानीमा ना. ५५ प ९२८ नम्बर २२० सीसीको मोटरसाइकलमा बोरा भित्र पोका पारेको अवस्थामा ट्याब्लेट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकल चालक भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै फरार भएको सप्रउ खनियाले जानकारी दिए । बोराभित्र ४० वटा प्याकेटमा १२ हजार ट्याब्लेट नाईट्राभेट फेला परेको हो । 

भारतीय बजारमा सहजै पाइने उक्त ट्याब्लेट लागूऔषधको रूपमा प्रयोग हुने गरेकाले नेपालमा भने प्रतिबन्धित छ । 

बरामद ट्याब्लेट र मोटरसाइकल थप कारबाही प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सप्रउ खनियाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ