arrow

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
ird-inland.jpg

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
 
विभागले मकवानपुर मनहरी-६ का विशाल राई, सिन्धुली भीमस्थान-५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका-२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी-४ का सन्तोषी नेपाली, पर्सा बगही-९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो । 
 
विभागले अभि टे«डर्स कलैया-७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना७ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।
 
विभागले आरोपी सात जनाविरुद्ध रु ५८ लाख ७९ हजार ७४६ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ