arrow

दुई शिक्षक डम्बर हत्यामा संलग्न रहेको आरोपमा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
arrest1.jpg

बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  

रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उनले भने, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।”  पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हुन् ।  

यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

गएको मङ्सिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जङ्गलमा गत पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो । हरिशले दिएको लोकेसनका आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ