arrow

स्याङ्जामा जीप दुर्घटना, दुईको मृत्यु

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७८ माघ २२ शनिबार
accident-final-1618290232.jpg

स्याङ्जा । गए राति स्याङ्जाको बिरुवा गाउँपालिकामा जीप दुर्घटना भएको छ । ग १ ज ५९३९ नम्बरको जीप दुर्घटनामा बिरुवा गाउँपालिका ३ का जीप चालक र सहचालकको मृत्यु भएको हो । बेलुका अन्दाजी साढे ८ बजे जीप दुर्घटना भएको अनुमान गरिएको छ । 

बिहान घाँस काट्न जाने महिलाहरुले देखेपछि प्रहरीलाई खबर भएको बताइएको छ । गाँउपालिकाको चर्तीडाडा भन्ने भीरबाट झण्डै ७ सय मिटर तल जीप खसेको प्रहरीले जनाएको छ । 

जीप चालक गाउँपालिका ३ का २६ वर्षीय बेलबहादुर थापा र सोही ठाउँका ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

जीप दुर्घटनाको बारेमा घटनास्थलमा प्रहरी पुगेकाले थप बिवरण आउन बाँकी रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ