आईएसका नेता कुरेशी मारिए, परिवारसहित आफैंलाई गराए विष्फोट
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
1.2k
Shares
काठमाडौं । आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशी मारिएका छन् । सिरियामा अमेरिकी सेनाले गरेको विशेष कारबाहीमा परी कुरेशी मारिएका हुन् ।
रातभर चलेको गोलीबारीपछि कुसेशी लुकेको अखडालाई अमेरिकी सेनाले घेरा हालेपछि कुरेशीले आफैंंलाई विष्फोट गराएर मारेको बीबीसीले लेखेको छ । आफू बच्ने सम्भावना नदेखेपछि उनले परिवारसहित आत्मघाती विष्फोट गराएका हु्न् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको खुलासा गरेका हुन् । उनले कुरेशीको मृत्युले विश्वमा आतंकवादी चुनौती हटेको पनि बताएका छन् ।
उत्तरी सिरियाको एक शहरमा कुसेशी बस्दै आएको गोप्य सूचनाको आधारमा अमेरिकी सेनाले आक्रमण गरेको हो । आईएसले यो घटनाबारे अझै केही बताएको छैन ।