arrow

कान्तिपुर र नागरिकका कर्मचारी नक्कली पीसीआर रिपोर्ट बनाउन व्यस्त, छ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
nakkali-pcr.PNG

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी तथा बिचौलियाहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनकुनेको कान्तिपुर अस्पताल र  कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका छ जना कर्मचारी र बिचौलियाहरू रहेका छन् ।

पक्राउ पर्नेमा कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी रहेका छन् । त्यस्तै कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन् ।

उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई  नक्कली पीसीआर रिपोर्ट बनाइदिँदै आएका थिए । 

कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त अस्पतालको ल्याबका कर्मचारी माधव मैनालीलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।  परीक्षण नै नगरी कान्तिपुर अस्पतालबाट पीसीआर नेगेटिभ भनी उल्लेख  गरिएको ४ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट बरामद गरेको छ । 

त्यस्तै टिचिङ हस्पिटलका कर्मचारी रोशन कुमार छिट्टानलाई हस्पिटलबाट जारी भएका ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ महाशाखाले जनाएको छ । हस्पिटलबाट ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाशाखाबाट खटिएको प्रहरी टोली र  राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरू समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटर लगायतका उपकरण र पीसीआर टेस्ट दर्ता रजिस्टरहरू समेत नियन्त्रणमा लिएको छ ।  प्रहरीले दुबै अस्पतालका पीसीआर ल्याबहरू सिल गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ