arrow

बस्दै एमाले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
CPN-UML-Flag.jpeg

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो  बस्दैछ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । 

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

कोरोना संक्रमणका कारण सचिवालय बैठकमार्फत महत्वपूर्ण र अत्यावश्यक निर्णयहरु गर्ने र त्यसलाई पछि माथिल्ला कमिटीहरुबाट अनुमोदन गराइने एमालेले जनाएको छ ।

सचिवालय १९सदस्यीय रहेको छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्षहरू, महासचिव, ३ जना उपमहासचिव र ७ जना सचिवहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ