रुसले अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने
एएफपी,
प्रकाशित २०७८ माघ १८ मंगलबार
406
Shares
मस्को । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ।
"अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं," दूतावासले फेसबुकमा लेखेको छ, "यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।"