एमसीसीबारे रावलले प्रधानमन्त्रीलाई लेखे स्मृति पत्र (पत्रसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
810
Shares
काठमाडौं । नेकपा एमाले का नेता डा. भीमबहादुर रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर प्रधानमन्त्री, सभामुख, दलका नेताहरू र सांसदहरूलाई स्मृति पत्र लेखेका छन् । एमसीसी अनुदान सम्झौता सदनबाट पारित गराउने वा नगराउने भन्ने विषयमा किचलो रहेको समय रावलले स्मृति पत्र लेखेका हुन् ।
नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा रावलले जोड दिए । प्रधानमन्त्रीले वा दलका नेताहरूले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने पनि उनको टिप्पणी छ । उनले आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि जनाए ।
उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराइएको पनि स्पष्ट पारे ।
उनले भने,“जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुङ्गो लगाउन व्यस्त थियौँ, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ। वास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछि मात्रै मैले थाहा पाएको हुँ ।”
उनले एमसीसीको बारेमा आज प्रधानमन्त्री, सभामुख, दलका नेताहरू, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरूलाई लेखेको स्मृति पत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि उनले स्पष्ट पारेका छन् ।