arrow

बिङ्गो खेलिरहेको अवस्थामा ७४ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
arrest-final.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिका ६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नुकर हाउसमा हार जित हुने गरी बिङ्गो खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ