arrow

आफ्नै बाबुको घाँटी थिचेर हत्या आरोपमा छोरा जयबहादुर पक्राउ

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ माघ १४ शुक्रबार
babumarnechoro.jpg

मोरङ । मोरङको बेलबारीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बुधबार राति साढे १० बजे बेलबारी नगरपालिका ९ डाँगीहाट बजारका ८८ वर्षीय दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनकै छोरा ३५ वर्षीय जयबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

बुधबार राति मापसे गरी आएका छोरा जयबहादुरले सामान्य विवादमा  ८८ वर्षीय बुबा दलबहादुर खत्रीलाई हातपात गरी भुइँमा लडाई दुवै हातले घाँटी निचोर्दा दलबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जयबहादुरलाई कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्यादथप भई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ