arrow

राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाखको सामान नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
arrest1.jpg

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । 

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो  । 
 
सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित  ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ