खेलकुद ठप्प, रंगशालासहितका पूर्वाधार अनिश्चितकालका लागि बन्द (सूचनासहित)
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
650
Shares
तस्बिर– फाइल
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालमा खेलकुद पूर्वाधार ठप्प भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेका रंगशाला, कभर्डहल र पौडीपोखरी लगायतका पूर्वाधार अनिश्चितकालका लागि बन्न गरेसँगै खेलकुद क्षेत्र ठप्प बनेको हो ।
राखेपले एक सूचना जारी गर्दै रंगशाला लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढीको भीड गर्न नहुने जनाए पनि रंगशाला लगायतमा खेलकुदको गतिविधि जारी रहेको थियो ।
कोरोना बढेसँगै रोकथाम र उपचारलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश अनुसार जिमखाना, रंगशाला, कभर्डहल, स्विमिङपुल, फुटसल लगायतका मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रमहरु गर्न गराउन निषेध गरेसँगै राखेपले उक्त सूचना जारी गरेको हो ।
योसँगै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता पनि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना निकाल्दै महिला लिग स्थगित भएको जनाएको छ ।
प्रतियोगिता माघ १५ गतेबाट सुरु हुने तालिका रहेको थियो ।