arrow

दुवै डोज खोप लगाएका पुरूषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
corona-killed-final.jpg

सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका( ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । 

बिरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । 

उनले भने, ‘मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’ यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ