arrow

सर्लाही कांग्रेसमा सिंहको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
sarlahi-congress.PNG

सर्लाही । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला अधिवेशन गर्न बाँकी रहेको १६ जिल्लामा जिल्ला अधिवेशन मिति अनिश्चितकालका लागि रोकिरहँदा सर्लाहीमा भने सभापति पदका लागि उम्मेदवारी घोषणा गरिएको छ । 

सर्लाहीको लालवन्दी नगरपालिका ९ स्थित एक होटलमा भएको उम्मेदवारि घोषणा सभामा सर्लाहीको धनकौल गाउँपालिका निवासी नेपाली कांग्रेसका वर्तमान जिल्ला उपसभापति सुरेन्द्र सिंहले उम्मेदवारि घोषणा गरेका हुन्। 

सर्लाहीमा नेपाली कांग्रेसका संस्थापन पक्षबाट आज जिल्ला उपसभापति सिंहले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आजको उम्मेदवारि घोषणा सभामा नेपाली काँग्रेसका मधेस प्रदेशका सभापति कृष्ण देव यादव , मधेस सरकारका महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह , संविधान सभा सदस्य जङ्गी लाल राय , शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार रायलगायतको उपस्थितिमा सिंहले उम्मेदवारी घोषणा गरेको लालबन्दी नगर सभापति प्रशान्त आचार्यले जानकारी दिए । 

आजको घोषणा सभामा सभापति पदको लागि मात्र उम्मेदवारी घोषणा गरिएको र सभापति बाहेकका अन्य पदहरूमा कसको उम्मेदवारी रहनेछ भन्ने बारेमा तय भई नसकेको आयोजकले जानकारी दिएको छ । 

त्यस्तै, संस्थापन इतर पक्षबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले पनि सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको उनले पहिले नै जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ