arrow

महोत्तरीमा लागूऔषध नाइट्रोभेट सहित दुई जना पक्राउ 

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ ५ बुधबार
nitravet.PNG

जनकपुरधाम । महोत्तरीमा लागूऔषध नाइट्रोभेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट दुबै जनालाई नाइट्राभेट–१० सहित प्रहरीले पक्राउ गरेको हो ।

बा ४६ प ६२७३ नम्बर को मोटरसाइकलको लेगार्डमा कालो प्लास्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय सरोज विक र सिराहा गोल बजार नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय आकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ