arrow

पार्टीको कार्यक्रम स्थगित गर्न एमालेको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
uml-standing-committee-meet-balkot.jpg

काठमाडौं ।  नेकपा (एमाले) कोभिड-१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड-१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिएका छन् । 

यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता-कार्यकता र जनप्रतिनिधि कोभिड-१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ