arrow

रेष्टुराँबाट लागूऔषधसहित चार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
drugess-jhaoa.JPG

कर्णाली । वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । 

चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ