arrow

खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
325645646.jpg

कालीकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । 

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।
 
१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।  

उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ