arrow

चन्दलाई चार मतले हराएर एमाले कैलाली अध्यक्षमा थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
ratan-thapa-uml-kailali-president-2022.jpg

धनगढी । नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् ।

आठौं अधिवेशनमा भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए । एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् ।

जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् । सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् ।

उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुवै चन्द प्यानलका उममेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ