कन्ट्याक्ट ट्रेसिङमा परेका अध्यक्ष ओली जिल्ला दौडाहामा !
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
710
Shares
काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री, केही मन्त्री र विभिन्न दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा छन् । केही शीर्ष नेताहरु होम आइसोलेसनमा बसेका छन् । तर कन्ट्याक्ट ट्रेसिङमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली भने जिल्ला दौडाहामा निस्किएका छन् ।
हालै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध पाँचै दलका शीर्ष नेताहरु सहभागी भएका थिए । त्यसपछि शनिबार देउवा ओलीलाई भेट्न भक्तपुरको बालकोटमा पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका छन् भने गठबन्धन बैठकमा सहभागी अन्य नेताहरु पनि आइसोलेसनमा छन् ।
तर, देउवासँग भेटेपछि कन्ट्याक्ट ट्रेसिङमा परेका ओली भने आइसोलेसनमा नबसी जिल्ला दौडाहामा छन् । ओलीले आइतबार मात्र नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन उद्घाटन गर्न भ्याए ।
जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आइतबार काठमाडौंबाट गृहजिल्ला झापा पुगेका हुन् । झापाको कार्यक्रम सकेर उनी संखुवासभा जाने बताइएको छ । संक्रमणको दर बढेपनि शीर्ष नेताहरु भीडभाड हुने कार्यक्रममा सहभागी हुन थालेपछि जनस्तरबाट आलोचना भइरहेको छ ।