arrow

‘काठमाडौं उपत्यकामा तत्काल स्मार्ट लकडाउनबारे छलफल भएको छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
lockdawan-final.jpg

काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउनसम्म गर्न सकिने बताए पनि काठमाडौं उपत्यका जिल्लाहरुमा स्मार्ट लकडाउनबारे कुनै छलफल भएको छैन् ।

केही दिन अघि सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको थियो ।

साथै उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनको तयारी गरिरहेको समाचार बाहिरिएका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले स्मार्ट लकडाउनबारे तत्काल कुनै छलफल नभएको बताए ।

उनले हाम्राकुरासँग भने,‘तीन जिल्लाका सिडिओहरुबीच अनौपचारिक छलफल भइरहेको छ । जिल्लाभित्र स्वास्थ्य मापदण्ड बढाउने, खोपलाई निरन्तरता दिने र स्थानीय परिस्थिति अनुसार अघि बढ्ने सल्लाह भइरहेको छ । लकडाउन नै शुरु गर्ने भन्ने विषयमा कुनै निर्देशन छैन,’ उनले अगाडि भने,‘भोलिको परिस्थिति कस्तो हुन्छ त्यो हेरेर सीसीएमसीको निर्देशन अनुसार अघि बढ्छौं ।’

साथै उपाध्ययले तत्काल तीन जिल्लाका सिडिओहरुबीच औपचारिक बैठक बस्ने र कुनै आकस्मिक निर्णय गरिहाल्ने कुरा नभएको पनि बताए । यद्यपी, लगातार संक्रमितको संख्या बढेपछि केही सजकता चाहिं अपनाउनुपर्ने वा भीडभाड हुने क्षेत्रमा केही नियन्त्रण गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए ।

उनले पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताएका छन् । साथै महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने सरकारको तयारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ