arrow

अध्यक्ष नेपालको कटाक्ष: कोही डाक्टर भए ओलीको उपचार गरिदिनुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
madhav-nepals.JPG

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको उपचार गर्न सुझाव दिएका छन् । ओलीलाई ‘भुक्ने कुकुर’ को संज्ञा दिंदै नेपालले कोही डाक्टर भए ओलीको उपचार गर्न उनको आग्रह थियो ।

शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने ।’

नेपालले ओलीलाई दम्भी, अहंकारी र खराब प्रवृत्तिको मान्छेको संज्ञा पनि दिए । ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको भन्दै अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ