arrow

वीर अस्पताल सुधारोन्मुख, विवादितहरु पुरानै धन्दामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
NAMS-bir-hospital.jpg

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल सुधारको बाटोमा हिँडेको छ । डा. भुपेन्द्र बस्नेत अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएर आएपछि अस्पतालले सुधारको बाटो ल्याएको बताइन्छ । 

विवादितद्धय डा. जागेश्वर गौतम र डा. केदार सेन्चुरीको बहिर्गमनपछि बस्नेतले अस्पताललाई सुधारको बाटोमा लैजाँदै छन् । वीर अस्पताल प्रशासन निकट स्रोतका अनुसार डा. बस्नेतलाई अझै पनि असफल बनाउने प्रयास भने जारी गरेको बताइन्छ । 

डा. बस्नेत आएपछि हालका दिनमा दैनिक दुई हजार पाँच सय बढी बिरामीले सेवा लिँदै आएका छन् । अहिले चौबीसै घण्टा आरटीपीसीआर परीक्षण हुँदै आएको छ । टिकट कटानमा डिजिटल व्यवस्था हुँदै आएको छ । 

कोभिड अस्पतालमा  सय भन्दा बढी बिरामी उपचारत रहेको, कोभिड  सोधपुछ ११३३ सञ्चालन गरेको , सय बेड आईसीयू संचालन भइरहेको, इमर्जेन्सी  मनिटर  र आधुनिक  बेडसहित संचालित, सर्जिकल भवन पूर्ण (पाँच सय बेड) रूपमा संचालन तयारी रहेको, दुवाकोट परियोजना अघि बढिरहेको छ । 

एक अधिकृत स्तरका कर्मचारीका अनुसार सीटी स्क्यान, एमआरआई, प्याथोलोजी, इमरजेन्सी सेवा चुस्त भइरहेको छ । त्यस्तै कर्मचारीले लामो समयसम्म नपाएको कोभिड भत्ता पनि पाएका छन् । लामो समयदेखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलब पाउन थालेको पनि उनले बताए । 

तर सेवा विस्तार भत्ता दिने तयारी भइरहेकोमा वीरका केही रैथाने भष्टहरू जस्तो कि खरिद एकाई, जनरल स्टोर, मेडिकल स्टोर र सामाजिक एकाई अड्डा जमाएर बसेका केहीले डा. बस्नेतलाई असफल बनाउन लागिपरेको उनले बताए । 

अस्पतालको मेडिकल सामग्री खरिद, ठेक्का, कोटेशन, कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी नियुक्ति  र उपकरण खरिदमा मेडिकल स्टोर  र जनरल स्टोरका केही प्रमुखहरु मेडिकल माफियासँग मिलेर अनियमितता गराउँदै डा. बस्नेतलाई असफल बनाउन हिँडेका छन् । 

त्यहीं भित्रकै प्रमुखहरु टेन्डरको गोप्य कागजात पहिले नै आफू निकटलाई होटलमा गएर दिने गरेको, टेन्डर तयारी गर्दा नै आफू निकटलाई दिन मिल्ने गरी तयारी गर्ने गरेको अस्पताल  प्रशासन स्रोत बताउँछ ।

खान पल्केकाहरु पुरानै धन्धालाई मजबुद पार्दै गएकाले बस्नेतलाई थप अप्ठेरो पार्न खोजिएको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ