arrow

सबै प्रकारको भ्रष्टाचारको छानबिन हुनुपर्छ : उपसभापति गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
dhanaraj-gurungs.PNG

सर्लाही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबै प्रकारको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन् । कांग्रेस सर्लाही क्षेत्र १ को धन्यवाद ज्ञापन एवं पदस्थापन समारोह कार्यक्रममा उपसभापति गुरुङले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सबै प्रकारको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका हुन् । 

भ्रष्टाचारको मुद्दा हेर्दा जात, धर्म तथा मुख हेरेर लाउन नहुने गुरुङको भनाइ छ ।  फरक प्रसङ्गमा नेताले आफ्नो आचरण बदल्नु पर्ने बताए । कार्यक्रम जाँदा ब्याच माला तथा खादामा ठुलो खर्च हुने गरेकाले त्यसको समेत कटौती गर्नुपर्ने गुरुङको भनाइ छ । 

पछिल्लो समय माला तथा खादा लगाउने होडै चलेकाले यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । खादा मालाले पुरिएर आँखा समेत नदेखिने गरि जाने परिपाटिको अन्त्य हुन आवश्यक रहेको गुरुङको भनाइ छ । 

राजनीतिमा लागेका मानिस समाजको ऐना भएकाले समाजको परिवर्तनको लागि राजनीति ध्येय बदलिनु पर्ने गुरुङको तर्क छ । समाज बद्लन हिँडेका व्यतीत आफूमा बदलिन खोज्दा समाजको विकास हुन नसक्ने उपसभापति गुरुङको कथन छ । 

आजको कार्यक्रम १५० भन्दा धेरै कांग्रेसमा प्रवेश गरेको सर्लाही क्षेत्र १ का क्षेत्रीय सभापति हरि बहादुर लुङगेलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ