अध्यक्ष ओलीले एमालेको ७७ वटा जिल्लाको अधिवेशन एकसाथ उद्घाटन गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
419
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही २३ गते शुक्रबार देशभर एक साथ ७७ वटै जिल्लाको अधिवेशन उद्घाटन गर्दैछ ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनहरूको पुस २३ गते ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
७७ वटै जिल्ला अधिवेशन गर्न केन्द्रले निर्देशन दिएपछि जिल्ला अधिवेशनको सबै पूरा तयारी भैसकेको एमालेले जनाएको छ ।
स्थानीय तह, प्रदेश र केन्द्रको समेत निर्वाचनको मिति घोषणाको तयारी हुँदै गर्दा एमालेले जिल्लास्थित आफ्नै सबै तहका संगठन चुस्तदुरुस्त राख्न जिल्ला अधिवेशन एक साथ गर्ने भएको हो ।
जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।