arrow

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा सेनको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
rajesh-sen.PNG

नेपालगन्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा राजेश सेन नेतृत्वको प्यानल खडा भएको छ । यही पुस २३ र २४ गते हुन गइरहेको ८ औं नेपाल निजामती कर्मचारी युनियनको अधिबेशनमा अध्यक्ष पदका लागि सेनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सेन प्यानलको सचिवमा पवन बुढाले उम्मेदवारी दिँदैछन्। अन्य पदाधिकारी र केन्द्रीय प्रतिनिधिको टुंगो लागेपनि नाम खुलाइएको छैन ।

सेन प्यानलमा एक जना केन्द्रीय प्रतिनिधि जागेश्वर बस्नेतले पनि उम्मेदवारी दिने भएका छन् । सेनले आफ्नो प्यानलमा सबै सेवा समूहबाट उम्मेदवार बनाउने घोषणा गरेका छन् । 

सेन प्यानललाई नेपालगन्ज उपमहानगरपालिकाका गोरखनाथ योगी, वीरजङ्ग शाह, बैजनाथ गाउँपालिका स्वास्थ्य संयोजक लक्ष्मण शाहीसहित नेपाल स्वास्थ्यकर्मी संघका नेता तथा युनियनका नेताहरुको समर्थन रहेको छ । 

सेनले यसअघि निजामती कर्मचारी युनियनको दुई कार्यकाल जिल्ला सचिव भएर कार्य गरिसकेका छन् भने नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको संस्थापक सचिव हुन् । कर्मचारीहरुको हकहितका लागि आफूले उम्मेदवारी दिन लागेको सेनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ