नेपालमा कोरोना जोखिम बढ्न थालेको भन्दै कांग्रेस नेता राणाले गराए सचेत
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
388
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले पछिल्लो समय नेपालमा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन अपिल गरेका छन् ।
भारतको नयाँदिल्लीमा कोरोना संक्रमण बढेपछि राति कर्फ्यू लगाइएपछि नेपालमा पनि त्यस्तै अवस्था आउन नदिने उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,‘ नयाँदिल्लीमा कोरोना संक्रमण बढेपछि राति कर्फ्यू लगाइएको छ। नेपालमा पनि कोरोनाको जोखिम उस्तै छ। दैनिक करिव दुई सयको हाराहारीमा कोरोना संक्रमितहरु थपिएका छन्। भीडभाड बढेको छ। कोरोना जोखिमप्रति सबैले सतर्कता अपनाऔं। सरकारले पनि कोरोना नियन्त्रणतर्फ समयमै ध्यान दिन जरुरी छ ।’
आइतबार मात्र नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।