arrow

डेढ करोड बढीको अवैध सामग्री बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Arrest-Crime.jpg

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । 

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । गतमङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७  र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ । 
     
सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए । विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ । 

सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक  लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ ।  प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिएका छन् ।   

अवैध बन्दुकसहित पक्राउ
बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई  परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट  खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । 

उनलाई  चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ