निर्वाचन आयोगका पदाधिकारी ४ बजे प्रधानमन्त्री भेट्दै : स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव हुने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
562
Shares
काठमाडौं। स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै छन्।
आयोग स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेटघाटका लागि ४ बजेको समय निर्धारण गरिएको छ। सो भेटमा आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनका लागि सरकार समक्ष मिति प्रस्ताव गर्ने र निर्वाचन बारे छलफल गर्ने तयारी गरेका छन्।
‘आयोग स्थानीय तहको निर्वाचनका लागि सरकारसँग परामर्श गर्दै छ, प्रधानमन्त्रीसँग आयोगले निर्वाचनको मिति प्रस्ताव गर्छ,’ आयोग स्रोतले हाम्रा कुरासँग भन्यो।
आयोगले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने अवस्थामा आगामी वैशाखको १३ वा १४ गते अथवा दुई चरणमा निर्वाचन गर्ने अवस्था आए एक साताको फरक गरेर निर्वाचनमा जाने गरी रणनीति बनाएको छ।
‘हामी सकभर एकै चरणमा निर्वाचन गर्ने सोचमा छौं, सरकारसँग पनि परामर्श गर्नु पर्यो, त्यसपछि कुनै निर्णय होला,’ आयोग स्रोत भन्छ।