arrow

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन : माधवकुमार नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
madhav-kumar-nepals.PNG

रौतहट । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने बताएका छन् । 

बुधबार रौतहटको वृन्दावन ५ नरकटियामा स्वास्थ्य चौकी उद्घाटन गर्न गृह जिल्ला आएका नेता नेपालले एमसीसीका बारेमा बोल्दै छिमेकी देशको विरोधमा नेपाल नलाग्ने बताए । 

उनले नेपालको जमिनमा नेपालकै अधिकार रहेको बताउँदै देश निर्माण र रोजगार सिर्जना गर्ने अधिकार पनि नेपालकै रहेको बताए । 

उनले एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा एमसीसीमा नयाँ नयाँ प्रस्ताव ल्याउँदै हस्ताक्षर गरेर जनतामा भ्रम सिर्जना गरेको आरोप लगाए ।
गठबन्धन र पार्टीभित्र एमसीसीका बारेमा छलफल भइरहेको समेत उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ