arrow

एमाले सांसदको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
samsad-amale.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। बुधबारको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।

तर अवरोध र नाराबाजीकै बीच बैठकमा प्रस्तुत भएका चार अध्यादेश बहुमतले स्वीकृत भएका छन् । गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गर्नुभएका अध्यादेश स्वीकृत भएका हुन् ।

बैठकमा प्रस्तुत  ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ , ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरे पनि सो प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै चारै विधेक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए ।

अध्यादेश विरुद्धको सूचनाका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्कीले सङ्घीय मुलुकको राजधानी काठमाडौँमा सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने भएकाले प्रहरीसम्बन्धी अध्यादेश ल्याइएको बताए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ