arrow

आहा रारा गोल्डकपको तयारी शुरु, प्रतियोगिता संयोजकमा गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
Hari Ram Gurung.jpg

पोखरा । सहारा क्लव पोखराले आहा ! रारा गोल्डकपकोे तयारी शुरु गरेको छ । प्रतियोगिता आगामी माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । 

प्रतियोगिता सम्पन्न गर्नका लागि मूल आयोजक कमिटी गठन गरिएको छ । क्लवका अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा ५०१ सदस्सीय मूल आयोजक कमिटी गठन गरिएको सहारा क्लवले जनाएको छ । 

प्रतियोगिताको संयोजकमा क्लवका वरिष्ठ उपाध्यक्ष केशवराज बराल र सदस्य सचिवमा क्लवका महासचिव रामजी प्रसाद अधिकारी छन् ।

सम्पूर्ण खेलकुदसँग सम्बन्धित संघसंस्था एवं व्यक्तिहरु रहने गरी १०१ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको क्लवले जनाएको छ ।

क्लवले प्रतियोगिताका माध्यमबाट बचत रकमले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ