arrow

वीर अस्पतालमा कीर्ते कर्मचारीको बिगबिगी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
bir-hospital.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । वीर अस्पतालमा नक्कली मेडिकल बोर्डवाला कर्मचारीको बिगबिगी बढेको छ । २०७६ सालको समायोजनमा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले खटाएको ठाउँमा नजान र वीर  अस्पतालको स्टोर  र खरिदमा बसेर अनियमितता गर्न पल्केका कर्मचारीहरुले नक्कली मेडिकल सर्टिफिकेट ल्याएर सुविधाको दुरुपयोग गरेका हुन् । 

मेडिकल बोर्डले जटिल रोग लागेकाहरुलाई बाहिर नपठाइ शहरमै बसेर उपचार गर्ने सुविधा दिन्छ । तर अस्पतालकै कर्मचारी जटिल रोग बिना नै गलत बाटोबाट वीरमै बसेर खान पल्केको स्रोत बताउँछ । उनीहरु गाउँमा गएर आम्दानी नहुने तर वीरमै बस्न पाइयो भने भ्रष्टाचार गर्न पाइने भएसँगै गलत बाटोको प्रयोग गरेका हुन् । 

समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि मेडिकल बोर्डको कीर्ते कागजपत्र तयार गरेका हुन् । हाल उनीहरू वीर अस्पताल को भन्सार  भनेर चिनिने स्टोर र खरिदमा बसेर ब्यापक भ्रष्टाचार गरिरहेका छन् । 

कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा ब्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ –‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्त्रालयले कर्मचारीले रोजेको ठउँमा राख्न सक्छ ।’ ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै कर्मचारीहरु समायोजन भएका स्थानीय तहमा हालसम्म पनि नगएका हुन् ।
 
चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेश गरी मेडिकल बोर्डबाट कागजात बनाइ खटाएको ठाउँमा नजाने प्रवृत्ति देखिएको थियो । तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेश गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बिचौलियाहरुको संजाल वीर अस्पतालमै रहेको त्यहाँ कार्यरत कर्मचारी स्रोत बताउँछ । 

त्यो संजालले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रुपैयाँ खर्च गरी सिफारिस गराउने गरेको छ । वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस विदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस  गर्दछ।  

तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने दाबी मेडिकल बोर्डका एक कर्मचारीको छ । बोर्डबाट वीरकै १५ जना बढी सिफारिस गरिएका कर्मचारी स्वास्थ्य समूहका छन् । 

स्रोतका अनुसार स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी हुन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरुको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुने उक्त स्रोत बताउँछ । 

ती कर्मचारीहरु दैनिक भक्तपुर, बालाजु, बुढानीलकण्ठ लगायतका स्थानबाट मोटरसाइकल चढेरै अस्पताल ओहोरदोहोर गर्ने गरेको स्रोत बताउँछ । दैनिक पटक पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्ने भएकाले उनीहरुमा कस्तो रोग रहेछ भन्ने स्पष्टै हुने स्रोत बताउँछ ।यतिसम्मकि उनीहरुले अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा समेत भाग लिने गरेका छन् ।

तर उनीहरुले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । स्थानीय तहमा नजान उनीहरुले यस्तो झुटो बिरामीको नाटक गरेको स्रोत बताउँछ । 

वीर अस्पतालका अहेब टीकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिपोर्ट बनाएका छन् । त्यहाँका एक कर्मचारी भन्छन्, –उनलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने जाने गर्छन् । 

अस्पतालमा तलब बाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरु बस्न खोजेको स्रोतको दाबी छ । अस्पतालमा हाल ९ जना मात्र अहेबको दरबन्दी छ । तर हाल ३६ जना कार्यरत  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ