arrow

भीम रावलको प्रतिक्रिया: सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
bhim-rawal-uml-2078-kartik.jpg

काठमाडौं । नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएलगत्तै डा.रावलले त्यसको प्रतिवाद गरेका छन् ।

सल्लाहकारको जिम्मेवारी दिएको समाचार बाहिरिए लगत्तै उनले सामाजिक संजालमार्फत आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भनेका छन् ।

उनले लेखेका छन्,‘मलाई नेकपा (एमाले)को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन थिए ।

भीम रावल एमालेका सल्लाहकार 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ