arrow

विद्युत् सर्ट भएर आगलागी : आगोमा जलेर महराकी दुई छोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
fire-final_1618024271.jpeg

सर्लाही । सर्लाहीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९:१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका-७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । 

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । 

आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसामान समेत जलेर नष्ट भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ