arrow

पुनः मतगणनामा मल्ल एक मतले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
no-vote_8xtaqqmFgT.jpg

मान्म । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी भएका छन् । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिस्पर्धी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । 

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी भएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाएका थिए भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा उत्रिएका कार्कीले १४१ मत पाएका थिए । 

कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गरेका थिए । 

जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र आज पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताए । 

मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहेकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिए ।

'विकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।' उनले भने, 'माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।' स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ