arrow

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
a-division-league-himalayan.jpg

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । 

खेलको सुरुआती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो । 

यता पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । खेलको ६०औँ मिनेटमा रबि पासवानको पासमा सुमन लामाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । 

यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्कतालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२औँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ