arrow

ढलीमली चरित्र

राप्रपा महाधिवेशन : पशुपति शम्शेरको प्रतिक्रियाले हलचल

कहिले मौन, कहिले लिङ्देनतिर र कहिले कमल थापातिर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
raprapa-AGM-KTM.jpg


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व चयन प्रक्रिया निकै रोचक देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा मतदान चलिरहँदा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन बीचको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । मतदान चलिरहँदा निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको प्रतिक्रिया दिएपछि नेतृत्व कसले हत्याउला भन्ने अडकलबाजी शुरु भएको छ ।

आफूले राजेन्द्र लिङ्दनेलाई समर्थन गरेको प्रचार गरिएको प्रति आपत्ति प्रकट गर्दै जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको जनाएका थिए । ‘कुन कुतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु’ उनले लेखेका छन् ।

तर राणाले आफै निकटकाहरुसँग शुरुआतमा मौनता साँधेका थिए । उनी निकटको स्रोत भन्छ, ‘उहाँले तपाईहरुले स्वविवेक प्रयोग गर्नुस् । मैले छाडें । अब नयाँ टेष्ट लिनुपर्छ भनेर भन्नु भयो । यसको मतलब त नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ भन्ने नै हो ।’

त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले युवा पुस्तालाई काम गर्न दिनुपर्ने प्रतिक्रिया जनाएपछि उनी लिङ्देनको पक्षमा खुलेका छन् । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ पुस्तालाई काम गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गरे । शीर्ष नेताहरु विभाजित देखिएपछि राप्रपाको परिणाम रोचक बन्ने देखिएको हो ।

राप्रपाको एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएकामध्ये १४९ सदस्यीयको निर्वाचन हुँदैछ । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ