arrow

दोलखाको जुगुमा सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
himchuli-bahuuddeshya-killed.gif

काठमाडौं । दोलखा गौरीशंकर गाउँपालिका १, जुगुस्थित हिमचुली बहुउद्धेश्यीय सहकारी संस्थामा कार्यरत ६७ वर्षीय सुरक्षागार्ड पूणर्बहादुर खड्काको हत्या गरी सहकारीको रकम लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।
 
गत १० कार्तिकमा खड्काको हत्या गरी सो सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरिएको थियो भने हत्या र लुटपाटमा संलग्न व्यक्ति फरार थिए । घटनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले अनुसन्धान थालेको थियो । 

सो क्रममा सीआईबीले हत्यामा संलग्न विक्रम कार्की र सुमन कार्कीलाई काठमाडौंबाट १५ मंसिरमा पक्राउ गरेको सीआईबीका डीएसपी रुगम कुँवरले हाम्राकुरालाई जानकारी दिए । उनीहरु घटनापछि सोही दिन चरिकोट आएर रात बसी भोलीपल्ट काठमाडौं आएर काठमाडौंबाट मुस्ताङ गएकोसमेत खुलेको छ । मुस्ताङबाट फर्किएपछि भने उनीहरु पक्राउ परेका हुन् । 

सीआईबीका अनुसार खड्काको शव भने हत्याको दुई दिनपछि अर्थात् १२ कार्तिकमा सोही वडाको जुगुस्थित जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको तथा खादाले मुख बाँधिएको तथा निधारमा घाउचोट भएको अवस्थामा फेला परेको थियो । 

पक्राउ परेका दुवै जना सोही स्थानका स्थानीय रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट घटनास्थलबाट लुटिएको मृतकको मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये बाँकी १ लाख ३८ हजार २३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय दोलखा पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ