arrow

एमालेमा निषेधको राजनीतिः शंकर पोखरेल भन्छन् –भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिता विपरीत छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
Shankar-Pokharel1-1619947417.jpg

सौराहा । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलले डा. भीमबहादुर रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितवनको सौराहामा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुषाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै केपी शर्मा ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिता विरपरीत भएको आरोप लगाएका थिए । 

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् । ‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ