कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना, एक जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
668
Shares
पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइते सबैलाई पोखराको फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ।
पोखराबाट बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस बिहान करिब ७ बजे अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो। बस पिल्टएर सडक भन्दा करिब ३० मिटर तल पुगेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।