arrow

लम्बिएको एमालेको महाधिवेशनको खाना खर्च कसले बेहोर्ने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
uml-10th-sauraha.jpg

सौराहा । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ । महाधिवेशन सुरु हुनुअघि नै एमालेले सौराहाका होटेलमा ३५ सय बेड बुकिङ गरेको थियो ।

सम्झौताअनुसार प्रतिनिधिलाई होटेलले तीन छाक खाना खुवाउने थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेका थिए । ११ र १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्दसत्र भने लम्बिएको छ । अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरिसके पनि मतदान सुरु भएको छैन ।

बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरूलाई आग्रह गरेको छ । आज दिउँसो र बेलुकाको खाना, भोलि बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्को सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

थप एक दिन खाना र बेडको लागि करिब ६५ लाख रुपैयाँमा सम्झौता भएको उनले बताए । ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरी पार्टीसँग हाम्रो सम्झौता भएको छ,’ उनले भने । बन्दसत्र लम्बिएपछि केही प्रतिनिधिहरू भने फर्किसकेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ