arrow

कांग्रेस कञ्चनपुरमा लेखक–सावद समीकरण  

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७८ मंसिर १३ सोमबार
ramesh-npsaud.jpg

कञ्चनपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कञ्चनपुर जिल्लामा नयाँ नेतृत्व चयनका लागि हालै सम्पन्न अधिवेशनमा एनपी–दिवान समूहको झण्डै दुई तिहाई बहुमत रहेको छ । संस्थापनतर्फका नेताद्धय एनपी सावद र रमेश लेखक कञ्चनपुरमा इतर समूहलाई साथमा लिएर छुट्टाछुट्टै समूह बनाएर  जिल्लाको नेतृत्व आफ्नो पोल्टामा पार्न रणनीतिक रुपमा चुनावी मैदानमा होमिएका थिए । 

कञ्चनपुरमा विकसित कांग्रेस पछिल्लो राजनीतिमा संस्थापन र इतर समूह विभाजित बनेर चुनावी मैदानमा होमिएको थियो । फरक–फरक समूहमा विभाजित भएको संस्थापन पक्षीय नेता सावद र लेखकलाई इतर समूहका नेता कार्यकर्ताहरुले पनि विभाजित भएर सघाएका थिए । 

इतर समूहका प्रभावशाली नेता दिवान विष्टले संस्थापन पक्षका नेता एनपी सावदलाई सघाएका थिए । नेपाली कांग्रेस कञ्चनपुरको कार्यसमितिका नव निर्वाचित ७ जना पदाधिकारीमध्ये ५ जना एनपी–दिवान समूहका उम्मेदवारहरु निर्वाचित भएका छन् । 

रमेश लेखक समूहबाट सभापति र एक सहसचिव निर्वाचित बनेका हुन् । एनपी–दिवान समूहका उपसभापति दुई , सचिव दुई, सहसचिव एक निर्वाचित भएका छन् । सभापति र एक सहसचिव रमेश समूहबाट निर्वाचित भएका छन् । 

यस्तै जिल्ला सदस्यमा एनपी–दिवान पक्षकै बहुमत सदस्य निर्वाचित भएका छन् । कुल सदस्य संख्याको झण्डै दुई तिहाई एनपी दिवान पक्षकै नेता कार्यकर्ता जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । 

खुला समावेसीमा पनि एनपी–दिवान पक्षकै दबदबा रहेको छ । एनपी र दिवान विष्ट पक्षबाट चुनाव लडेका बहुमत सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन परिमाण अनुसार एनपी–दिवान समूहका ३५ र रमेश लेखक समूहका १४ जना सदस्य निर्वाचित भएका छन् । 

पालिकातर्फबाट गोपाल सिंह घिमिरे ८८४, डम्बरबहादुर चन्द ८४५, खगेश्वरी भट्ट बोगटी ७६४, नरबहादुर राना ७५६, नरबहादुर साउद ७४१, कल्पना गिरी ७५१, तोयराज अवस्थी ८१६, रामसिंह भण्डारी ८८१, मोहनबहादुर सिंह ७१५, लोक बहादुर कार्की ७९५, अतिराम चौधरी ७६८, तेजबहादुर शाह ७९४, दिलबहादुर देउवा ७६१, वीरबहादुर चन्द ७६१, रामबहादुर खड्का ७४४, देवकी कार्की ७९४, नारायण सिंह भण्डारी ७२६, गीतादेवी रावल ७८८, चेतराम मडै ७३२ निर्वाचित भएका छन् । 

समावेसी महिलातर्फ चन्द्र भण्डारी ९५६, टिकेश्वरी खड्का ७०२, यशोदा खड्का खत्री ७६३, दलित महिला नन्दा सार्की ७२३, आदिवासी जनजाति पशुपति थापा मगर ८०४, अल्पसंख्याकतर्फ श्रवण राना ७१४, खुला खसआर्यतर्फ जनकराज जोशी ८८२, दिपेन्द्र देउवा ७६२, पवनविक्रम सिंह ७७४, प्रेमबहादुर थापा ७७४, सुरेन्द्रबहादुर चन्द ७७३, दलिततर्फ गणेश सुनार ७६८, मदन दमाई ७६२, थारुतर्फ शिवराज राना ९४९, सौला राना ७६९ निर्वाचित भएका छन् । 

नेपाली कांग्रेस कञ्चनपुरको राजनीतिमा देखिएको यो पछिल्लो मत परिणामले जिल्लाको नेतृत्व संस्थापन पक्षका नेता रमेश लेखकको पोल्टामा गए पनि बहुमत नभएका कारण आफू अनुकुल चलाउन भने सहज देखिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ