arrow

एमाले सचिवमा महेश बस्नेतले उम्मेद्वारी दिने, भीम रावललाई उम्मेद्वारी फिर्ता लिन सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
mahesh basne t (1).jpg

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामू बढेको पनि बस्नेतले स्मरण गराए । उनले भने,‘केपी ओलीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा जुनखालको प्रभाव दिनुभयो, त्यसले नेपाली जनताको शान, मान र गौरव बढ्यो । संसारको मार्गचित्रमा नेपालको गरिमा बढेको छ ।’

उनले रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने,‘उहाँले दुई कारणले उम्मेद्वारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेद्वारी दिने अनि जित्ने कुनै सम्भावना छैन् ।

तर, पराजित भएपनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन । उहाँले उम्मेद्वारी फिर्ता गरेर जानुपर्छ । चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ ।’ उनले कम्युनिष्ट आन्दोलनलाई थप क्षति नहोस भनेर रावलले उम्मेद्धवारी फिर्ता लिँदा नै राम्रो हुने टिप्पणी गरे ।

रावलले उम्मेद्धवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाए । उनले भने,‘अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । अहिले २ बजेपछि अध्यक्ष ओलीले पत्रकारहरुसँग छलफल गर्नुहुन्छ । अधिकतम सहमतिको प्रयास भैरहेको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ